नेपाल भ्रमणमा रहेका टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै  



Download our app to get more features

काठमाडौं,९ चैत । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दै छन् ।  

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा  बिहीबार नेपाल आएका उनले आज प्रधानमन्त्री  र राष्ट्रपतिलाई भेट्न लागेका हुन् । 

तीनदिने भ्रमणकामा आएका उनले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए । 

उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण गर्ने कार्यक्रम छ ।

Last modified on 2022-04-22 12:41:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts