रक्त क्यान्सरबाट पीडित मधेश प्रदेशका सांसद झाको निधन



Download our app to get more features

जनकपुर, ११ वैशाख । मधेश प्रदेशका सांसद डिम्पल झाको निधन भएको छ । 

सांसद झाको ४० वर्षको उमेरमा गयराति निधन भएको पारिवारिक स्रोतले बताएको छ । 

विगत २ वर्षदेखि रक्त क्यान्सरबाट पीडित सांसद झाको रौतहटस्थित आफ्नै निवासमा निधन भएको हो ।

सांसद झा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्व राज्यमन्त्री थिइन् । 

सांसद झा पूर्व संविधानसभा सदस्य समेत थिइन् । 

सांसद झाको आजै अन्त्येष्ठि गरिने छ । 

Last modified on 2022-04-24 17:50:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts