डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नेपाल भ्रमण फलदायी : स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं,११ वैशाख । स्वास्थ्य मन्त्रालयले  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलन स्वास्थ्यमन्त्री विरोध खतिवडाले डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन् ।

डागेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए । त्यस्तै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको पनि खतिवडाले बताए ।

तीन दिने नेपाल भ्रमणमा रहेका डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसले तीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै भेट गरेका थिए ।

Last modified on 2022-04-26 08:30:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts