मिर्गौलामा पत्थरी हुन नदिन के गर्ने ? यसो भन्छन् डा.श्रेष्ठ



Download our app to get more features

मिर्गौलामा पत्थरी विभिन्न कारणले हुने गर्दछ । कुनै कुनै व्यक्तिको हकमा मिर्गाैलामा पत्थरी यहि कारणले भएको हो भन्न सकिँदैन । प्रायजसो मिर्गाैला वा पिसाबमा पत्थरी बन्ने वा पत्थरी बन्नबाट जोगाउने तत्त्वहरूको सन्तुलन नमिल्दा पत्थरी हुने गर्दछ । 

मिर्गौला बिग्रनुको एउटा प्रमुख कारण, पानी हो । पानीको मात्रा कम भएमा पिसाबमा घुलेर बसेका तत्वहरू जमेर मिर्गाैलामा पत्थरी हुन सक्छ । 

त्यसबाहेक मिर्गाैलामा पत्थरी हुने कारणहरूमा बारम्बार सङ्क्रमण हुनु, खानपान नमिल्नु, वशांणुगत कारण, जन्मजात मिर्गाैलाको अवस्थाहरू फरक हुनु आदि हुन् । 

मिर्गौलामा पत्थरी थाहा पाउन विभिन्न खालको जाँचहरू हुने गर्दछ । मिर्गाैलामा पत्थरी भएको विभिन्न लक्षणहरू पनि देखिन सक्छ । जस्तै दुखाई, इन्फेक्सन, पिसाबमा रगत आउनु लगायत लक्षण देखिनु ।
 
पत्थरी भएको थाहाँ पाउनका लागि हामीले अल्ट्रासाउड, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । अल्ट्रासाउडले कुनै कुनै पिसाबको नलीहरूको पत्थरी पत्ता लाउन भने गाह्रो हुने गर्दछ । पिसाबको नलीहरूको पत्थरी पत्ता लाउन हामीले सिटिस्क्यान गर्नुपर्ने हुन्छ । सिटिस्क्यानबाट सहजै पिसाबको नलीहरूमा भएको पत्थरी पत्ता लगाउन सकिन्छ । 

मिर्गाैलामा पत्थरी २० देखि ५० वर्ष उमेर समुहमा बढी देखिन सक्छ भने बच्चा र ६० कटेका वृद्धावृद्धालाई हुँदैन भन्ने हुँदैन । तर, तुलनात्मक रुपमा कम हुन्छ । 

पत्थरी हुनै नदिने भन्ने सम्भव छैन् । विभिन्न रोगका कारणले पत्थरी भएको हो भने त्यसलाई कम गर्न सकिन्छ । तर, त्यस बाहेक पत्थरी हुनै नदिने भन्ने हुँदैन । 

मिर्गौलामा पत्थरीको उपचार विशेषगरी २/३ तरीकाबाट गर्न सकिन्छ । धेरै सानो पत्थरी छ भने हामी त्यसलाई हेर र कुर भन्छौं । हेरेर कुरेर पछि केहि ढुङ्गाहरू जान सक्छन् । त्यो बाहेकका पत्थरीलाई हामीले अरु तरीकाबाट उपचार गर्दछौं । 

मृगौलामा पत्थरी हुन नदिन हामीले धेरै मात्रामा खाँनु पर्दछ ,नुन कम खाने गर्नुपर्दछ, एनीमल प्राटिनहरु ठिक्कै मात्रामा खाने, अमिलो फलफुल, सागपात मिलाएर खाने गर्नुपर्दछ । 

नेपालमा मिर्गाैलाको पत्थरी उपचारमा हामीले राम्रो सफलता हासिल गरेका छौं । यसको उपचारमा प्रयोग गर्ने अत्याधुनिक प्रविधिहरू नेपालको ठुला अस्पतालहरूले प्रयोगमा ल्याइसकेका छन् ।

 

(डा.श्रेष्ठ बी एण्ड बी अस्पतालका मिर्गाैला प्रत्यारोपण सर्जन पनि हुन्)
 

Last modified on 2022-04-26 08:31:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts