एक्कासी बेहोस हुने कारण र अपनाउनुपर्ने सावधानीबारे जानौं



Download our app to get more features

एक्कासी बेहोस भएको, हिँड्दाहिँड्दैको मानिस ढलेको वा मुर्छा परेका घटना हामी दैनिकजसो सुन्र्छौ । कति मानिसको त बेहोस अवस्थामै ज्यान गुमाएको समेत सुन्ने गरेका छौं । स्वास्थ्यमा के समस्या भए मानिस यसरी एक्कासी मानिस बेहोस हुन्छ ? यसबाट कसरी बच्ने भन्ने विषयमा न्यूरो सर्जन डा. चन्द्रमान प्रजापतीको भनाइ यस्तो छ :–

सामान्य अवस्थामा रहेको मानिस एक्कासी चेतविहीन हुनु वा उसको चेतनाले काम नगर्नु नै बेहोस हुनु हो । मानिस एक्कासी बेहोस हुनुको प्रमुख कारण भनेको दिमागले अपरझट काम गर्न छोड्नु हो । अझै  पनि धेरैको बुझाई छ बेहोस हुने बितिकै मानिसलाई हृदयघात भयो होला । तर, बेहोस हुँदैमा हृदयघात हुने होइन । एक्कासी बेहोस हुने कारण धेरै छन् । जुन निम्नानुसार छन् :

  • मुटुले दिमागमा रक्तसञ्चार गरिरहेको हुन्छ केही कारणबस मुटुबाट दिमागमा आवश्यक रगत प्रवाह भएन भने दिमागले काम गर्न सक्दैन् र बेहोस हुन्छ । 
  • टाउकोमा चोटपटक लागेर मस्तिष्कमा रक्तप्रवाह नहुनु ।
  • छारे रोग लाग्नु ।
  • मधुमेहका कारण रगतमा ग्लुकोजको मात्र कम भयो, रगतमा सुगरको मात्र धेरै घट्यो भने पनि अचानक बेहोस हुन सक्छ ।
  • मिर्गाैला फेल भयो, फोक्सोमा  संक्रमण भयो भने पनि त्यसको असर दिमागमा पर्न सक्छ र बेहोस हुन सक्छ ।
  • स्ट्रोक वा टाउकोमा ट्युमर पलाउँदा पनि मानिस एक्कासी बेहोस हुन सक्छ ।
  • यी उमेर समूहमा बेहोस हुने सम्भावना उच्च 

एक्कासी बेहोस हुने समस्या प्रायः सबै उमेर समुहका मानिसमा हुने गर्छ । तर उमेर समूह अनुसार कारण भने फरक फरक हुनसक्छ । सामान्यतथा बच्चाहरुमा बढी ज्वारो आयो भने एक्कासी बेहोस हुन्छ । अन्य उमेर समुहका मानिसमा छारे रोग लाग्दा वा एक्कासी धेरै खुसी वा पीडाको खबर सुन्दा पनि यस्तो समस्या आउन सक्छ । 

बोहोस भए पछि अपनाउनु पर्ने सावधानी
हाम्रो समाजमा अझै पनि एक्कासी बेहोस भएमा हृदयघात वा छारे रोग होला भन्ने धेरैको अनुमान हुन्छ ।  एक छिनमा आफै ठीक हुन्छ भनेर बेवास्ता गर्ने गरेको पाइन्छ । यस्तो सोचाई गलत हो । 

बेहोस हुन्छ ठीक भैहाल्छ भन्ने मानसिक्ता राखेर बिरामीको वास्ता गरिएन भने भोलि यसले जटिल समस्या पनि निम्ताउन सक्छ । यसर्थ यस्तो समस्या देखियो भने स्वास्थ परीक्षण गराई बेहोस हुने कारण पत्ता लगाउनु पर्छ र सो को उपचार गरि समस्याबाट बच्न सकिन्छ । अन्यथा लापरवाही गरे बिरामीको ज्यान नै जानसक्छ । 

Last modified on 2022-05-02 15:58:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts