आइतबारको बिदाका विषयमा पेशागत संगठन र अस्पतालका निर्देशकसँग छलफल गर्दै मन्त्रालय



Download our app to get more features

काठमाडौं,२१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको बिदाका विषयमा पेशागत संगठन र अस्पतालका निर्देशकसँग छलफल गर्दै छ । 

स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको हो । 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ओपिडी सेवा आइतबार हुने वा नहुने ? हुने हो भने कसरी ? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउनेरु लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको जानकारी दिए ।

सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी देशभर सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि अस्पताल तथा स्वास्थ्य संस्थाका विषयमा के हुने भन्ने निर्णय हुन सकेको छैन् । 

Last modified on 2022-05-04 18:04:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts