बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह



Download our app to get more features

काठमाडौं,२१ वैशाख । सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरेकी हुन् । 

मिश्राले सबै मतदान केन्द्रमा हेल्थ डेस्क ९खोप केन्द्र० स्थापना गर्न लागिएको जानकारी दिँदै हेल्थ डेस्कमा बुस्टर डोज खोप लगाउने जानकारी समेत दिइन् । 

खोप कार्ड सम्भव नभएको खण्डमा परिचय पत्र वा अभिभावकले नाम र  उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताइन् ।

Last modified on 2022-05-06 15:53:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts