निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप  कार्यक्रम सञ्चालन  नहुने 



Download our app to get more features

काठमाडौं,२५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप  कार्यक्रम सञ्चालन नहुने जनाएको छ । 

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप  कार्यक्रम सञ्चालन नहुने जनाएको हो । 

मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ,  'निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने भएकोले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ।'  

Last modified on 2022-05-09 11:19:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts