स्वास्थ्य अनुसन्धान परिषदद्वारा विषयगत विज्ञहरुको माग



Download our app to get more features

काठमाडौं,२६ वैशाख ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेका छन् । परिषदले सुचना जारी गर्दै अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेको हो । 

परिषदसँगै अन्तर्राष्ट्रिय दातृ निकायहरु एवं विभिन्न विश्व विद्यालयहरुको सहयोगमा संचालन हुने विभिन्न अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरुको आवश्यकता रहेको परिषदले जनाएको छ । 

विभिन्न विधाका विज्ञहरुको सूची तयार पार्नु पर्ने भएको हुँदा ईच्छुक नेपाली नागरिकले आफ्नो विज्ञता खुल्ने वैयक्तिक विवरणसहित परिषद्मा १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ ।

 

Last modified on 2022-05-09 17:03:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts