पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा



Download our app to get more features

पाल्पा,२७ वैशाख । पाल्पामा स्थानीय तहको निर्वाचनमा  दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । 

दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन् ।  माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका  यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् । 

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए ।  लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन् । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts