निर्वाचनका दिन चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास नचाहिने 



Download our app to get more features

काठमाडौं,२७ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको दिन चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास नचाहिने बताएको छ । 

आयोगले निर्वाचन सम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन र शववाहनलाई पास आवश्यक नपर्ने बताएको छ ।  

त्यस्तै, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुनपर्ने आयोगले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts