अस्पताल र स्वास्थ्य संस्थामा दुईदिन भन्दा बढी बिदा नहुँने 



Download our app to get more features

काठमाडौं,२७ वैशाख । जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । 

यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । 

गृह मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार लगातार दुई दिन सार्वजनिक बिदा दिने भएपछि सो भन्दा बढी बिदा हुने भएमा स्वास्थ्य लगायत अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रले भने गृह मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ ,“संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने,।”

तर यसरी सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरि सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने सूचनामा उल्लेख छ । 

Last modified on 2022-05-11 12:35:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts