प्रत्येक ४ जना मध्ये १ जनाले भोग्छन् मानसिक समस्या,जानौं यसको सामाजिक कारणबारे



Download our app to get more features

स्वास्थ्य सबैभन्दा ठुलो धन हो । शारीरिकसँगै मानसिक रुपमा स्वस्थ रहनु सहज तथा सफल जीवनयापनको लागि महत्त्वपूर्ण  हुन्छ । 

विभिन्न कारणहरुले मानसिक समस्याहरु संसारभरि बढ्दो छ तर मानसिक समस्या बारे व्याप्त विभिन्न खाले गलत धारणा तथा मानसिक रोगीहरुप्रतिको धारणा, सचेतनाको अभाव, परिवर्तित सामाजिक व्यवस्था, खानपान जीवनशैली आदिले समस्या सोचे भन्दा जटिल देखिन्छ । 

हरेक चार मा एक जनाले जीवनको कुनै समयमा मानसिक समस्या भोगेको हुने सामान्य बुझाइ छ । मानसिक समस्याहरु सामान्य डर, कुरा खेल्ने, पिर लाग्ने, निद्रा नपर्ने, अत्तालिने, काम्ने झम्झमाउने, पोल्ने, टाउको दुख्नेदेखि गम्भीर निराशापन, आत्महत्याको जोखिम तथा शड्ढा गर्ने, भ्रमित हुने, नभएको कुरा देख्ने, सुन्ने, मुर्छित हुने र लागु औषध दुव्र्यसनका समस्याहरु हुन सक्छन् ।

मानसिक समस्याका कारणहरुः
१. वंशानुगत
२. सामाजिक पारिवारिक वातावरणका तङ्खवहरु
३. व्यक्तिको सोच, विचार, सहनशीलता, जीवनशैली, तनाबसँग लड्ने क्षमता, व्यक्तित्व, सिकाइ, भोगाइ

४. खानपान, शारीरिक स्वास्थ्य
५. व्यक्तिको मस्तिष्कको विकास तथा बनावट आदि

मानसिक समस्या हुँदा के असर पर्छ ?
१. व्यक्तिलाई पीडा हुन्छ ।
२. आफन्त साथीभाइ सहकर्मीलाई गाह्रो हुन सक्छ
३. कार्य क्षमतामा ह्रास आउनु
४. जागर फुर्ती जोस उर्जशिलतामा ह्रास
५. व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्नु
६. व्यक्ति तथा सम्बन्धित व्यक्तिहरुको जीवन असहज तथा कष्टपूर्ण हुने  

७. आफूलाई तथा अरुलाई हानि नोक्सानी हुन सक्ने
८.शारीरिक, सामाजिक, आर्थिक समस्या हुनु
९. आत्महत्या
  

समाजमा प्राय देखिने मानसिक समस्याहरु
१. डिप्रेसनः यो समस्या मा मुख्य रुपमा दिक्दारिपन, निराशापन, अनिद्रा, जाँगर फुर्तीमा कमी, रुन मन लाग्ने, खान नरुच्ने तथा जीवनदेखि नै निराश भै आत्महत्यासम्म हुनसक्ने हुन्छ ।
२. एन्जाइटिः डर छटपटी, घबराहट नराम्रो केही हुन्छ । मुटु ढुकढुकी बढ्ने स्वास फेर्न गाह्रो महसुस हुने ।
३. सिजोफ्रेनियाः यो समस्या मा व्यक्तिले शड्ढा गर्ने, एक्लै बोल्ने, कानमा आवाज आउने, डराउने, भ्रमित हुने, रिसाउने, अनौठो कुराकानी तथा व्यवहार देखाउने ।
४. बाइपोलरः यो समस्या हुने व्यक्तिहरु जीवन कालमा कहिले डिप्रेसन त कहिले मेनियाको ठुला ठुला कुरा गर्ने, बढी बोल्ने धेरै जागर फुर्ती आउने धेरै रमाउने वा रिसाउने नसुत्ने हुन्छ ।
५. लागु औषधको प्रयोग ।
६. कन्भर्सनः छोप्ने, बक्ने, मुर्छित जस्तो हुने, छोड्ने गरी रुने हाँस्ने तथा विभिन्न शारीरिक
तथा मानसिक लक्षण देखाउने ।
७. सोमाटोफर्मः लामो समयदेखि विभिन्न शारीरिक समस्याका लक्षणहरु हुने तर राम्ररी कति परीक्षण
गर्दा पनि केही नदेखिने । 
८. छारे रोग आदि ।

हरेक वर्ष विश्वमा लगभग सात लाखले आत्महत्या गरेर ज्यान गुमाउँछन् । आमा बन्ने उमेरसमूहका महिलाहरुमा आत्महत्या झन् जटिल समस्या हो । 

युद्ध, महामारी, आर्थिक तथा सामाजिक समस्याहरु बढ्दो तनाबपूर्ण जीवनशैलीले जटिल हुँदै गरेका मानसिक समस्याहरुले गर्दा हाम्रो देशमा पनि आत्महत्याको क्रम बढ्दो छ । तसर्थ यस समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । 

मानसिक स्वास्थ्य बारे जनचेतना, ह्युमन रिसोर्सेस, तयारी तालिमहरु, सँगै समस्या भएका व्यक्तिहरु र उपचार उपलब्ध गराउने संस्थाहरु बिचको दुरी कम गर्नुपर्ने छ ।

मानसिक स्वस्थ समस्याहरुबाट बच्ने तथा समाधानका उपायहरु
१. सचेतना कार्यक्रमहरु
२. राज्यको लगानी
३. स्थानीय तह सम्म परामर्शदाताको उपलब्धता तथा भएका स्वस्थ्यकर्मीहरुलाई तालिम
४. स्वस्थ जीवनशैली
५. नियमित व्यायाम योग
६. खान पान, निद्रा, तनाव व्यवस्थापन तथा घरपरिवारमा समझदारी, मेललिाप
७. मनोसामाजिक परामर्श सेवा
८. मनोचिकित्सकको सहयोग तथा आवश्यक पर्दा औषधि उपचार

जटिल र घर घरमा बनाउँदै गरेको मानसिक रोगहरुको बारेमा सही जानकारी राख्नु भ्रमहरु बाट मुक्त हुनु स्वस्थ्यकर जीवनशैली अपनाउनु तथा समयमा परामर्शदाता र मनोचिकित्सिकको बिना हिच्किचाहट सुझाव सल्लाह लिन आवश्यक हुन्छ । मानसिक रुपमा स्वस्थ नभए जीवन कठिन हुन्छ मानसिक स्वास्थ्यबारे सचेत बनौँ ।

(लेखक डा.शाह चितवनस्थित भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख हुन् ।)

Last modified on 2022-05-18 10:07:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts