नगरवासीको स्वास्थ्य बिमा गर्ने नगरप्रमुखको पहिलो निर्णय



Download our app to get more features

काठमाडौं,७ जेठ । चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले जिम्मेवारी सम्हाले लगत्तै नगरवासीको स्वास्थ्य बिमा गर्ने नीतिगत निर्णय गरेका छन् ।

नयाँ आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

उनका अनुसार तत्काललाई द्वन्द्व प्रभावित, निम्नआय भएका नगरवासी, अल्पसंख्यक, सीमान्तकृत, दीर्घ रोगीको बिमा गरिने छ । 

त्यस्तै प्रमुख सापकोटाले यो कार्यक्रमले नगरवासीलाई लाभ दिने विश्वास व्यक्त गरेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts