हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल बनाउने नगरप्रमुख लामाको प्रतिवद्वता



Download our app to get more features

काठमाडौं,८ जेठ । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा जितेकी मीना लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने  प्रतिवद्वता गरेकी छिन् । 

नगरप्रमुख जितेसँगै लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने घोषणा गरेकी हुन् । 

महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उनको भनाइ छ ।

Last modified on 2022-05-22 10:28:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts