अबदेखि एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति हुने



Download our app to get more features

काठमाडौं,९ जेठ । अबदेखि एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति हुने भएको छ ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको बताएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदको बैठकमा एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति गर्ने प्रस्ताव गरेको थियो । 

Last modified on 2022-05-24 11:19:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts