सुत्केरीलाई १५ सय भत्ता दिने नवनिर्वाचित अध्यक्षको निर्णय 



Download our app to get more features

काठमाडौं,१० जेठ । सुनकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूलाई सुत्केरी खर्च स्वरूप १ हजार ५ सय उपलब्ध गराउने निर्णय गरेको छ । 

गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले पदभारपछि उक्त निर्णय गरेका हुन् । त्योसँगै छोरी जन्मिएको हकमा भने सुत्केरी स्याहारका लागि थप १ हजार रुपैयाँ दिने निर्णय भएको छ । 

उक्त कार्यक्रम नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले बताए । 

त्यस्तै गाउँपालिकाले ७० वर्ष माथिका नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै नियमित औषधी उपलब्ध गराउने कार्यक्रम समेत सुरु गर्ने भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts