नीति तथा कार्यक्रम

डिजिटल हेल्थ प्रणालीदेखि सातै प्रदेशमा स्वास्थ्य प्रतिष्ठान स्थापना गरिने



Download our app to get more features

काठमाडौं, १० जेठ । सरकारले नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

उनले नागरिकको स्वास्थ्यका लागि खेलकुद, योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताइन् । 

बुँदागत रुपमा जानौं नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेतः 
-सातै प्रदेशमा २ वटा स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज स्थापना गरिने ।
-डिजिटल हेल्थ प्रणाली कार्यान्वयनमा ल्याइने ।
-बिरामीको तथ्याङ्क राख्नका लागि एककृत विद्युतिय सूचना प्रणालीको व्यवस्था गरिने ।
-सबै सरकारी अस्पतालमा बिरामीको मृत्यु भएको विषयमा अडिट गर्ने ।
-स्वास्थ्यकर्मी र चिकित्सकको अस्पतालमा सुरक्षाका लागि विशेष व्यवस्था गरिने ।
-५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने ।
-ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदानका लागि विशिष्टिकृत व्यवस्था गरिने ।
-सबै अस्पतालमा सामाजीक सुरक्षा इकाइको स्थापना गरिने ।
-सबै स्थानीय तहमा ४० वर्ष कटेका व्यक्तिहरूको आधारभूत स्वास्थ्य जाँच गरिने ।
-महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच गरिने ।
-किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने ।
-प्रदेशको सहभागितामा रक्त सञ्चार केन्द्रको स्थापना गर्ने ।
-केन्द्रीय प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने ।
-विशिष्टिकरण प्रयोगशाला स्थापनाका लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
-नसर्ने रोगको रोकथामका लागि बहु क्षेत्रिय योजना बनाइने ।
-नागरिक आरोग्य अभियानको सुरुवात गरिने ।

Last modified on 2022-05-25 11:12:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts