काभ्रेमा करिब ९ प्रतिशत बालबालिकामा कुपोषण



Download our app to get more features

काठमाडौं,१२ जेठ । काभ्रे जिल्लामा करिब ९ प्रतिशमा बालबालिकामा कुपोषण देखिएको छ । २ हजार बालबालिकामा पोषणको अवस्था जाँच गर्दा ९ प्रतिशमा कुपोषण देखिएको हो । 

एक महिनाको अवधिमा १ हजार ९ सय ९३ जना बालबालिकाको पोषणको अवस्था जाँच गर्दा १ सय ७३ जना कुपोषित भेटिएका हुन् । जसमध्ये १४ जना अर्थात् शून्य दशमलव ७ प्रतिशतमा कडा खालको कुपोषण देखा परेको छ भने १ सय ५९ जना अर्थात् ७ दशमलव ९५ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रेमा नमुना परियोजनाको रुपमा १३ ओटै पालिकाका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा पोषण जाँच थालिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिकासँगको समन्वयमा  निशुल्क पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदै आएको छ । सरल विधि, कम खर्चिलो हुनुका साथै यसले स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी समेत देखिएको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts