बच्चामा लाग्ने क्षयरोग जटिल, थाहा पाइराखौं लक्षण र बच्ने उपाय



Download our app to get more features

हुन त क्षयरोग बच्चाहरुलाई मात्र लाग्छ भन्ने छैन् । सबै उमेर समुहका मानिसमा यो रोग देखिन्छ । तर बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले छिटो संक्रमण हुने र लक्षण देखिने बित्तिकै उपचार हुन नसकेमा मृत्यु समेत हुनसक्छ । 

क्षयरोग माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस् नामक किटाणुबाट लाग्ने गर्दछ । हेर्दा सामान्य लागे पनि क्षयरोगको बेलैमा उपचार नभए ज्यानै जाने खतरा हुन्छ । नेपालमा वर्षेनी क्षयरोगका कारण धेरैको मृत्यु हुने गरेको छ ।

तुलानात्मक रुपमा अन्य उमेरमा भन्दा बच्चाहरूमा हुने क्षयरोग जटिल हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि संक्रमण छिटो हुने, रोग निको पार्न लामो समय लाग्ने हुन्छ । 

बच्चाहरुलाई क्षयरोगको संक्रमण भएपछि यसका किटाणुहरू मस्तिष्क बाहिरको झिल्ली र कलेजो लगाएतका अङ्गमा पुग्छ । जसले गर्दा बच्चाको अवस्था जटिल बन्नपुग्छ ।

यदि फोक्सोमा क्षयरोगको संक्रमण भयो भने तुरुन्तै लक्षण देखा नपर्न पनि सक्छ जुन झनै घातक हुन्छ । 

चिकित्साशास्त्रमा अहिलेसम्मको अध्ययन अनुसार यही कारणले मात्र क्षयरोग लाग्छ भन्ने छैन । तर विशेष गरेर वंशाणुगत गुण, रोगप्रतिरोधात्मक क्षमता कम भएकामा क्षयरोग लाग्ने संभावना प्रवल रहन्छ ।

लक्षणहरु :

लामो समय लगातार खोकी लाग्नु ।

मन्द मन्द ज्वरो आइराख्नु ।

पटक पटक मुर्छा पर्नु ।

काम्नु ।

खान मन नलाग्नु ।

उमेर अनुसार तौल नबढ्नु ।

श्वास फेर्न गाह्रो भए जस्तो हुनु ।

शरीर सुखा हुनु ।

 निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले सङ्क्रमण गर्दा बच्चाहरू सिकिस्त हुनु ।

बच्चाहरुलाई क्षयरोगबाट बचाउन यसो गर्ने :

क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने ।

जन्मने बितिकै वा केही दिन भित्रै क्षयरोग बिरुद्धको बि.सी.जी खोप लगाउने ।

बच्चा जन्माउनु अगाडी नै आमामा रोग छ भने बच्चामा सर्ने सम्भावना बढी हुन्छ, यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।

बच्चालाई सधै स्वस्थ र पोषिलो खाना खुवाउने ।

स्वस्थ बच्चा जन्मिए पनि उसलाई क्षयरोगको सङ्क्रमण छ छैन भनेर परीक्षण गराउनु पर्छ ।

कहिलेकाँही बच्चाहरूमा क्षयरोगका किटाणुहरू लुप्त अवस्थामा रहेका हुन्छन् ।

बच्चाको स्वास्थ्यमा थोरै खराबी आउने बितिकै पुनः देखा पर्न सक्छ ।

बच्चामा क्षयरोग लागेपछि निको पार्न गाह्रो हुन्छ । समयमै उचित उपचार नपाए अन्य अङ्गमा गम्भीर असर गरेर अपांग हुनुको साथै ज्यान नै जाने खतरा भएकाले क्षयरोग लाग्न नदिन हरक्षण सचेत हुनुपर्छ ।

क्षयारोग लागिहाले पनि विशेषज्ञको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नुपर्छ ।

 

Last modified on 2022-05-27 17:25:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts