आज आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै : कस्तो आउला स्वास्थ्यमा बजेट ?



Download our app to get more features

काठमाडौं,१५ जेठ । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । 

शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो । 

बजेट सार्वजनिकसँगै सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्यमा कति बजेट छुट्याउला त्यो चासोको बिषय छ । गत वर्ष स्वास्थ्य मन्त्रालयले १ खर्बभन्दा बढीको बजेट पाएको थियो । तर यसपटक त्यहि अनुपातमा सरकारले स्वास्थ्यमा  बजेट छुट्याउने सम्भावना भने देखिदैन्  । 

किनकि आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेका कारण गत वर्षको अनुपातमा बजेट नआउने देखिन्छ । 

Last modified on 2022-05-29 18:00:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts