स्वास्थ्य बीमाको काम कम्पनीलाई दिनु हुँदैन : पोखरेल



Download our app to get more features

काठमाडौं,१८ जेठ । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिन नहुँने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने बताएका हुन् ।

बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै पोखरेलले त्यसलाई पुनरावलोकन गर्न सुझाव दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts