कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत



Download our app to get more features

जाजरकोट,२० जेठ । कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ। 

कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ । माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए ।

पहिलो चरणमा एक सय माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उनले बताए । विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उनले बताए । 

प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३ सय ३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १ हजार ३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र १ सय १० र बर्थिङ सेन्टर ३ सय १८ छन्।

त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३ सय ६१ र आयुर्वेद अस्पताल÷केन्द्र १८ छन्।
 रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts