नेपाल मेडिकल काउन्सिलको परीक्षा तालिका २०७९ सार्वजनिक 



Download our app to get more features

काठमाडौं, २२ जेठ  । नेपाल मेडिकल काउन्सिलको परीक्षा तालिका २०७९ सार्वजनिक भएको छ । 

तालिका स्नातक तहको लाइसेन्स परीक्षा पहिलो पटक आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो पटक माघ १२, १३ र १४ गते  हुने छ । 

त्यस्तै, स्नातकोत्तर तर्फ पहिलो पटक विशेष परीक्षा साउन ६ र ७ गते, दोस्रो पटक मंसिर ९ र १० गते तथा तेस्रो पटक चैत १७ र १८ गते हुने तालिकामा छ ।

त्यसैगरी विदेशमा भर्ना भई नेपालमा इन्टर्नसिप गरेका विद्यार्थीले शिक्षा मन्त्रालयबाट इन्टर्नसिप  अवधि पूरा गरेको तथा सम्बन्धित विश्वविद्यालयबाट अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने काउन्सिलले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts