बझाङमा अज्ञात रोगबाट १ वर्षमा ६ शिशुको मृत्यु



Download our app to get more features

बझाङ, २६ जेठ । बझाङमा अज्ञात रोगबाट १ वर्षमा ६ जना शिशुको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगका कारण शिशुहरूको मृत्यु भएको हो । 

भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए।

उनका अनुसार ती शिशुमा वान्ता, पिसाब र श्वासबाट पेट्रोल तथा डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएको थियो।  

यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ।

शिशुहरूमा भएको सङ्क्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी पठाइएको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए।

उता स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले यसबारे माथिल्लो निकायहरूमा जानकारी गराइसकेको बताएका छन्।

Last modified on 2022-06-09 16:07:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts