देशभर २ हजार ७ सय ५३ कोरोना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २६ जेठ । देशभर थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ७ सय ५३ कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ६ सय ५५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ जना र १ हजार ९८ एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । 

यस्तै गत २४ घन्टामा देशभर १ लाख १७ हजार १ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १२ रहेको छ र सबै होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2022-06-10 08:18:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts