गर्मी मौसममा छालामा बढी देखिने समस्या र जोगिने उपायबारे यसो भन्छन् डा. श्रेष्ठ



Download our app to get more features

गर्मी महिनामा बढी जस्तो छालामा दाद आउने देखिन्छ । दाद पसिना र गर्मीले गर्दा आउने गर्दछ । पसिना धेरै देखिएको भागमा दाद देखिने गर्दछ ।

यसबाट बच्नका लागि पसिना सँधैभरी पखाल्नुपर्छ र खुकुलो खालका लुगाहरू सुतिको लुगाहरू लगाउने गर्नु पर्दछ । 

दाद बढ्दा बजारमा पाइने स्टेरोइड नामक मलम किनेर लगाउन  चलन छ। यो सुरुमा लगाउँदा दाद गएको जस्तो देखिन्छ तर लगाउन छाडेपछि झन बढ्दै आउने गर्छ । 

त्यसैले हामीले चिकित्सकलाई नदेखाएसम्म औषधि लगाउने वा खाने गर्नु हुँदैन् । 

गर्मीमा हाम्रो छालामा देखिने अर्को समस्या भनेको घामको एलर्जी । घामको एलर्जी हाम्रो शरीरमा जुन लुगाहरुले ढाकेको हुँदैन्,त्यसमा धेरै देखिने गर्दछ । जस्तै हातहरू,घाँटीहरूमा चिलाउने,सानो सानो बिबिराहरू देखिने,खैरो खालका फोकाहरू आउने गर्दछ । 

यसलाई कम गर्ने उपाय भनेकै हामी घामबाट जोगिनु हो । घामबाट जोगिने ३ वटा उपायहरू छन्,एउटा ९ बजेदेखि ३ बजेसम्मको घाममा आवश्यक नपरेसम्म ननिस्कने,अर्को घाममा निस्कदा छाता जहिल्यै ओढेर हिँड्ने र तेस्रो भनेको सकिन्छ भने शरीरका भागहरू नदेखिने खालका लुगा लगाउने अथवा सन्सस्क्रिमहरूको प्रयोग गर्नुपर्दछ । 

यो भए गर्मी महिनामा मात्र देखिने समस्याहरू । तर सँधैभरी हाम्रो छालामा विभिन्न खालका समस्याहरू देखिरहेका हुन्छन् । त्यसमध्ये एउटा हो चाया पोतो । चाया पोतो भन्नाले अनुहारमा आउने खैरो दागहरु हुन् । 

चाया पोतोको धेरै जस्तो समस्या महिलाहरूलाई हुने गर्दछ । तर पुरुषलाई यो समस्या देखिदैन् भन्ने चै होइन । चाया पोतो दुई वटा कारणले हुन्छ । एउटा हाम्रो शरीरको हार्मोनहरू बढेर हुन्छ । अर्को घामको किरणले हुन्छ । 

यो चिलाउदैन्,दुख्दैन् तर हेर्दा खेरी साह्रै नराम्रो देखिन्छ । यसबाट बच्न एउटा घामबाट जोगिने नै हो । अर्को यस्ता दागहरु जाने औषधिहरु पनि छन्,त्यस्ता दागहरु जाने औषधि चिकित्सकको सल्लाह बमोजिम लगाउने गर्नुपर्दछ । 

छालामा देखिने समस्यामा अर्को डन्डिफोहोर हो ।  यो ९,१० वर्षदेखि १९,२० वर्षउमेरसम्ममा देखिन्छ । यो धेरैलाई आउने गर्दछ । तर कसैकसैलाई धेरै मात्रामा आउने गर्दछ भने कसैलाई थोरै आउने गर्दछ । 

डन्डिफोहोरबाट बच्नका लागि यसलाई चलाउन हुँदैन् । दोस्रो क्रिमखालको खाने कुरा खानु हुँदैन् । तेस्रो अनुहारको छालालाई ड्राइ राख्नुपर्दछ ।

 

Last modified on 2022-06-10 15:10:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts