शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने



Download our app to get more features

काठमाडौं,२७ जेठ । शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो । 

उक्त उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । 

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई  पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

Last modified on 2022-06-10 09:59:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts