बेलायतमा नर्स पठाउने समझदारी पत्रमा आगामी साता हस्ताक्षर हुने



Download our app to get more features

काठमाडौं,२७ जेठ । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच अर्को हप्ता श्रम समझदारीमा पत्रमा हस्ताक्षर हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको हो । 

श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले बताएको छ । 

शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका छन् ।

बेलायतमा रोजगारीका लागि सुरूमा दुई  हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए । त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृतिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि मन्त्री श्रेष्ठले बताए । 

Last modified on 2022-06-12 07:42:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts