फर्मासिस्ट लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, २ सय ४ जना मात्रै उत्तिर्ण



Download our app to get more features

काठमाडौं, २९ जेठ । नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक नतिजा अनुसार २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।  

परीक्षा सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार भएको परीक्षामा सहभागी भएकामध्ये २ सय ४ जना मात्र पास भएका हुन् । 

परीक्षामा ७ सय ८७ जना सहभागी भएका थिए । 

Last modified on 2022-06-12 16:42:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts