पूर्वप्रधानसेनापति कटवालको दुवै मिर्गौलामा समस्या,सैनिक अस्पतालमा उपचार सुरु



Download our app to get more features

काठमाडौं,२९ जेठ ।  पूर्वप्रधानसेनापति रुक्मांगत कटवालको  दुवै मिर्गौलामा समस्या भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ । 

७३ वर्षका कटवालको अहिले सैनिक अस्पतालमा डायलासिस चलिरहेको छ । कटवालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएपछि अहिले मिर्गौला प्रत्यारोपण गर्न लागिएको पारिवारले बताएको छ । 

चिकित्सकको सल्लाह बमोजिम कटवालले प्रत्यारोपणको तयारी गरेको बताइएको छ ।

उनको पहिलेदेखि नै एउटा किड्नी सानो अर्थात् ‘युनिल्याटरल रेनल हाइपोप्लासिया’ भएको थियो । तर अर्को मिर्गौला भने सामान्य थियो । दुवै मिर्गौलामा समस्या आएपछि अहिलेसम्म उनको चारपटक डायलासिस गरिसकिएको छ । 

प्रत्यारोपणका लागि मिर्गौला दिने व्यक्ति भेटिएपनि अहिले विभिन्न प्रक्रिया चलिरहेका बताइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts