उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने



Download our app to get more features

चितवन ।  विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।

रेटिना विज्ञ डा संयम बजिमयले सात÷आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताए ।  त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उनको भनाइ थियो  । डा बजिमयले भने  “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”
 
समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उनले बताए ।  नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले  समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गरे । पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो  तर अहिले प्रविधिको विकास  र जनशक्तिको व्यवस्थाले  कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष ९एनआईसियु०का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताए । 

त्यस्ता शिशुको शरीरका अङ्ग कमजोर हुने जानकारी दिँदै  उनले भने  “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा। पाठकको भनाइ थियो । सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उनले आँखा स्क्रिनिङ गर्न सुझाव दिए । शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन  डा पाठकले सुझाव दिए । 
 
चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आएका बाल रोग विशेषज्ञ डा विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताए । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उनले सुझाए । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा पराजुलीको  तर्क थियो ।
 
सैतिस हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र सङ्क्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ । भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताए । आँखाको पर्दामा असर देखिने भन्दै उहाँले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताए । डा श्रेष्ठले भने  “समयमा उपचार पाएमा उनीहरु अन्धो हुनबाट जोगिन्छन् ।” बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उनले सुझाव दिए । 
 
भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी  आउने गरेको डा श्रेष्ठको भनाइ थियो  । दैनिक बहिरङ्ग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् । तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ ।

भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उनले सुझाव दिए ।  सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय–समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले  चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ  भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको  पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा सुझाव दिइएको थियो ।
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts