सेती अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी



Download our app to get more features

धनगढी,२९ जेठ । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ । 

अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ। मेशिन पुगेसँगै कम्पनीले जडान कार्य पनि थालेको छ। 

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बढीमा एक महिनापछि अस्पतालबाट सिटीस्क्यान सेवा प्रदान गर्न सकिने बताएका छन् । 

उक्त सेवा सुरु भएपछि बिरामीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts