देशभर ३ हजार ४ सय ५३ कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि 



Download our app to get more features

काठमाडौं, २९ जेठ । देशभर थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ४ सय ५३ कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार १ सय ६२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ११ जना र १ हजार २ सय ९१ एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १२ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६ रहेको छ र सबै होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2022-06-13 09:44:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts