गेटा मेडिकलमा भोलि विशेषज्ञसहितको निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने



Download our app to get more features

धनगढी,३० जेठ । धनगढी  प्रस्तावित गेटा मेडिकल कलेजमा विशेषज्ञसहितको सेवा सञ्चालन गरिने भएको छ । गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाको आयोजनामा सांकेतिक विरोधस्वरुप उक्त शिविर आयोजना गर्न लागिएको हो ।

बिहान ११ बजेदेखि सुरु हुने शिविरमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरुले बिरामी चेकजाँच गर्ने अभियानका संयोजक लोक राज पाण्डे ९आगो० ले बताएका छन् । 

उनले उक्त अभियानका लागि अत्तरियामा रहेका पद्मा अस्पताल, अत्तरिया अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्निक, धनगढीमा रहेको माया मेट्रो अस्पतालका विशेषज्ञ डाक्टरले चेकजाँच गर्ने बताए। शिविरमा निःशुल्क औषधि पाइने जनाइएको छ।

गेटामा तत्काल अस्पताल सञ्चालन गरी मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरिया र धनगढीमा विभिन्न संघर्षका कार्यक्रम हुँदै आएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts