लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमा



Download our app to get more features

तुलसीपुर,३१ जेठ ।  लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ । महिला माथि हातपात गरेको आरोपमा उनलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकी हुन् ।

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर बस्नेतको घरमा पुगेकी थिइन् । मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् । 

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Last modified on 2022-06-14 16:11:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts