सक्रिय संक्रमितको सङ्ख्या ९३,थप १२ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

काठमाडौं, ३१ जेठ । देशभर थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ३ सय ४१ कोरोना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ४ सय ७३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ७ जना र ८ सय ६८ एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १६ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ रहेको छ । 

Last modified on 2022-06-15 10:15:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts