भरतपुर अस्पताल कर्मचारी युनियनको वार्षिकोत्सवमा वृक्षरोपण (फोटोफिचर)



Download our app to get more features

चितवन, १ असार । चितवनस्थित भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनले वार्षिकोत्सवमा वृक्षरोपण गरेको छ । 

युनियनले आज आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा अस्पताल परिसर र केही खाली ठाउँमा वृक्षरोपण गरिएको युनियनका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

वातावरण संरक्षण, सुन्दरता र स्वच्छ वातावरणको लागि वृक्षरोपण अपरिहार्य रहने अध्यक्ष शर्माले बताए । केही दिन अघिको वर्षासहितको हावाहुरीले अस्पताल परिसरको धेरै रूख ढलेको तथा केही रूख क्षतिग्रस्त भएकाले वृक्षरोपण कार्यक्रम गरिएको उनले बताए । 

बोटबिरूवा हुर्काउन सके मात्रै मानव जातिलाई जीवन यापना गर्न सहज हुने भएकोले वार्षिकोत्सवमा यस्तो कार्यक्रम गरिएको उनको भनाइ थियो । खाली ठाउँमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्नसकेमा प्राकृतिक सन्तुलनसँगै अस्पतालको सुन्दरता समेत बढ्ने अध्यक्ष शर्माले बताए । सो वृक्षरोपण कार्यक्रममा हर्रो, बर्रो, अमला, कागती जस्ता औषधिजन्य वनस्पति सहित ४ सय ५० वटा बोटबिरूवा रोपिएको युनियनका सचिव शिवप्रसाद बसेलले जानकारी दिए । 

युनियनका अध्यक्ष कृष्ण प्रसाद शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रमुख अतिथि एवम् अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेल विशिष्ट अतिथि रहेका थिए ।

गत कार्तिक १० गते बुधवार भरतपुरमा भएको ८ औं अधिवेशनले शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो । युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल रहेका छन् । युनियनको कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र सहसचिवमा राजनबाबु तिवारी रहेका छन् । यसैगरी, सदस्यहरुमा इरिना प्रधान, बुद्धलाल गुरूङ, अनुजा खनाल र रमा रिजाल रहेकी छिन् ।

भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको साझा संस्था हो । कार्यसमितिको कार्य अवधि २ वर्षको रहनेछ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । यस वर्ष जेठ २२ गते यस दिवसको अवसरमा विभिन्न संघसंस्थाले वृहत् वृक्षरोपण कार्यक्रम गरेका थिए ।

तस्वीरमा हेरौं:

Last modified on 2022-06-15 20:05:32

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts