देशभर ३ हजार ९ सय ५ कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १ असार । देशभर थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ९ सय ५ कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ८ सय ५६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १९ जना र १ हजार ४९ एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १५ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ रहेको छ । 

Last modified on 2022-06-16 09:51:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts