स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन



Download our app to get more features

दाङ,१ असार ।  लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा समाज कल्याण राज्यमन्त्री विमला वली खत्रीको घटना बारे छानविन गर्न कार्यदल गठन गरेकमे छ । 

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । 

समितिका सदस्यहरूमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवत्ता श्रीकृष्ण सुवेदी रहेका छन् । 

स्वास्थ्य राज्यमन्त्रीले दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनलाई राती ११ बजे बुटवल पठाइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

Last modified on 2022-06-16 12:12:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts