सातवटै प्रदेशको बजेट सार्वजनीक : एन्टी स्नेक भेनम उत्पादन गर्ने देखि निःशुल्क डायलाईसिस सम्म 



Download our app to get more features

काठमाडौं,२ असार ।  बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

त्यसैअनुरुप प्रदेश सरकारहरुले बजेट सार्वजनीक गरेका छन् । 

यस्ता छन् प्रदेश सरकारका बजेटमा स्वास्थ्यका योजनाहरु : 

प्रदेश १ 
प्रदेश १ सरकारले सरकार मातहतका ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको स्तरोन्नति गरी गणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्न  २५ करोड ५० लाख विनियोजन गरिएको छ । यसै आर्थिक वर्षबाट मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा सीटी स्क्यान सहितको सेवा प्रारम्भ गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

स्वस्थ नागरिक, सक्षम प्रदेश भन्ने नाराका साथ प्रदेश सरकार मातहतका सबै अस्पतालहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि थप स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न १४ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्षदेखि मेची अस्पताल भद्रपुरमा न्युरो सर्जरी सुरु गर्ने साथै मेची अस्पताल सुदृढिकरण गर्नका लागि १८ करोड विनियोजन गरिएको छ । पचास सैयाको प्रादेशिक आयुर्वेद अस्पताल निमार्णका लागि २ करोड ५६ लाख विनियोजन गरेको छ । 

विराटनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवालाई विस्तार गरी रिफरेन्स ल्याबका रुपमा विकास गर्न ५ करोड ६१ लख विनियोजन गरेको छ । एक वडा एक वर्थिङ्ग सेन्टर स्थापनाका लागि ४ करोड विनियोजन गरिएको छ । 

प्रदेशले स्वास्थ्यका विभिन्न कार्यक्रम समेट्दै स्वास्थ्यमा कुल ३ अर्व ६७ करोड ७७ लाख विनियोजन गरेको छ । 

मधेश प्रदेश

मधेश प्रदेशले प्रदेशका आठै जिल्लामा रहेका ७२ वटा सरकारी स्वास्थ्य प्रयोगशालाको सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्थाका लागि १२ करोड ११ लाख विनियोजन गरेको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रादेशिक गौरव आयोजनाको रुपमा विकास गर्न २८ करोड विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन स्वास्थ्य केन्द्रहरुमा कम्तीमा एक–एक जना एमबीबीएस चिकित्सक सेवा उपलब्ध गराउने र टोल क्लिनिक सेवा सञ्चालनमा ल्याउन १५ करोड ५१ लाख विनियोजन गरिएको छ । धनुषाको नगराइनमा सहिद दुर्गानन्द झा बाल अस्पताल निर्माणका लागि २ करोड विनियोजन गरिएको छ भने सप्तरीको तिलाठीमा नाक कान घाँटी अस्पताल निर्माणका लागि ६ करोड छुट्याइएको छ ।

वैकल्पिक उपचार पद्धतिको विकासका लागि ८ करोड विनियोजन गरिएको छ भने प्रादेशिक अस्पताल जलेश्वर र लहानको बेड क्षमतालाई ५० शैयामा विस्तार गरिने बजेटमा उल्लेख छ ।

यस्तै प्रदेशको ८ वटै जिल्लामा रहेको ७२ वटा सरकारी स्वास्थ्य प्रयोगशालाहरुको सुदृढिकरणका लागि १२ करोड ११ लाख विनियोजन गरेको छ । सप्तरीमा रहेको तिलाठी नाक कान घाँटि अस्पताल निर्माणको लागि ६ करोड विनियोजन गरेको छ । 

बागमती प्रदेश

कोभिड–१९ जस्ता संक्रामक रोग विरुद्व लड्न कम्तिमा ५० बेडको प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने । शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न ८ करोड विनियोजन ।

प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ । 

महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ गरिएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख विनियोजन । बागमति प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकास तथा सेवा विस्तारका लागि २ करोड ९ लाख विनियोजन । 

चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनका लागि ३ करोड ९४ लाख बजेट विनियोजन । त्यस्तै स्वास्थ्य मन्त्रालयका लागि ४ अर्व ८९ करोड २३ लाख विनियोजन गरेको छ । 

गण्डकी प्रदेश

प्रदेशले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको छ । एकीकृत रोग निगरानी प्रणालीको विकास गरी विपद तथा महामारीजन्य रोगको नियन्त्रण तथा रोकथाम गर्न बजेटको व्यवस्था गरेको छ ।

यस्तै दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्दार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुयाउन एयर लिफ्टिङ्ग कार्यक्रमका लागि ४५ लाख विनियोजन ।  

प्रदेश अन्तर्गतका अस्पताल÷प्रयोगशालाबाट नियमित स्वास्थ्य सेवा एवं परीक्षणको अतिरिक्त हाल प्रदान गरिएका विशेष सेवा (डाइलासिस, आइसियु÷पि आइसियु ÷ एचडियु लगायतका कार्यक्रम) नियमित सञ्चालन तथा निरन्तरताको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था ।

पोषण स्थितिमा सुधार ल्याउनका लागि १३ करोड विनियोजन । स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ३ करोड विनियोजन । प्रदेश सरकारका सबै अस्पतालमा रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउन ५ करोड विनियोजन । 

बौद्धिक अपाङ्गता भएका बिरामीको पुनस्थापनाका लागि २ करोड विनियोजन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० बेडको मुटु अस्पतालको सम्भाव्यता अध्ययन र मृगौला ट्रासप्लान्टका लागि आवश्यक बजेट छुट्याइएको छ । 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको अपेक्षा प्रसुति महिलाको सुरक्षा कार्यक्रम अन्तर्गत एक स्थानीय तह एक एम्बुलेन्स सेवा ल्याएको छ । 

मुटुको भल्भ फेर्ने र मृगौला प्रत्यारोपण रोगको उपचारमा सहयोग गर्न प्रतिव्यक्ति २ लाखको सहयोग । राप्ती प्रादेशिक अस्पताल र प्युठान अस्पतालमा ल्याप्रोस्कोपी सेवा विस्तार गर्न २ करोडको दरले ४ करोड विनियोजन ।

निशुल्क सुत्केरी पोषण कार्यक्रमका लागि ५ करोड विनियोजन । बैशाणुगत रोगको स्क्रिनिङ,रोकथाम तथा उपचारका लागि ३ करोड ३० लाख विनियोजन । 

प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रम अन्तर्गत ५२ करोड ८२ लाख विनियोजन । गुल्मी,प्युठान बर्दिया र पृथ्वीचन्द्र अस्पतालमा डी आर,एक्सरे सञ्चालनका लागि १ करोड ४० लाख विनियोजन । 
दाङमा आयुर्वेद औषधि उत्पादन केन्द्रबाट औषधि उत्पादन गर्न ३ करोड ३० लाख विनियोजन । 

कर्णाली प्रदेश

कर्णाली प्रदेशले आधारभूत स्वास्थ्य उपचार सुविधामा सबैको पहुँच तथा बिरामीको उपचार खर्चमा सहुलियत दिन स्थानीय तहको समन्वयमा विपन्न तथा लक्षित समुदायका जनताका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने ।

उपचार खर्च धान्न नसक्ने बिरामीलाई प्रेषणमा सहुलियतको समेत व्यवस्था ।  दृष्टिविहीन लगायत विभिन्न कारणले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले शारीरिक टेवाको लागि दैनिक जीवनयापनको क्रममा प्रयोग गर्ने सहायता सामग्रीहरूको उत्पादन र मर्मतको लागि उद्योग स्थापना गर्न प्रोत्साहन गरिने ।

प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने त्यसका लागि ५२ करोड ४५ लाख विनियोजन । दुर्गम हिमाली र पहाडी जिल्लाको नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न एक सय शैयाको अस्पताल सञ्चालनको लागि ५३ करोड विनियोजन । 

प्रदेशमा टेलिमेडिसियन,इहेल्थ सेवा सुदृढिकरणका लागि ७ करोड विनियोजन । प्रदेशका सबै जिल्लामा नियमित रुपमा गुणस्तरीय स्वास्थ्य सामग्री, औषधि र उपकरणको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन गरिने ।  

सुदूरपश्चिम प्रदेश

सबै जिल्लामा विशेषज्ञ सहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरी महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अङ्ग खस्ने रोग तथा मुटु, हाडजोर्नी, मृगौला लगायतका रोगको पहिचान तथा उपचार गर्न रू. १ करोड ४४ लाख बजेट विनियोजन । 

स्थानीय तहसँगको समन्वयमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम मार्फत तालिमप्राप्त स्वास्थ्यकर्मी र पर्याप्त मेसिनको व्यवस्था गरी गर्भवती महिलाको गर्भावस्थाको नियमित निःशुल्क परीक्षण गर्न १ करोड ५० लाख बजेट विनियोजन । 

प्रदेशमा विद्यमान जनसंख्याको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अपर्याप्तता पूर्ति गर्न आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने ।

सेती प्रादेशिक अस्पताललाई आधुनिक एवम् सुविधासम्पन्न बनाउन आवश्यक भौतिक संरचना निर्माण एवम् विस्तार कार्यको लागि आवश्यक बजेट विनियोजन । 

प्रदेशले “हाम्रो प्रदेशः स्वस्थ प्रदेश“ अभियान मार्फत प्रदेशका सबै अस्पताल तथा स्वास्थ्य केन्द्रमा क्षयरोग, कुष्ठरोग, मलेरिया, डेंगु लगायतका अन्य किटजन्य रोगको रोकथाम तथा निःशुल्क उपचारको लागि आवश्यक व्यवस्था मिलाउने । 

दुर्गम पहाडि जिल्लामा विशेषज्ञ सेवा विस्तार गर्न कम्तिमा एक जिल्लामा दुई विशेषज्ञ चिकित्सक वर्षभरी नै सेवामा रहने व्यवस्था गर्न ३ करोड ६० लाख विनियोजन । प्रदेशको सवै अस्पतालमा टेलिमेडिसिन  सेवा सञ्चालन साथै सवै स्थानीय तहको प्राथमिक स्वास्थ्य केन्द्रमा  टेलिमेडिसिन  सेवा विस्तारका लागि ४५ लाख विनियोजन । 


 

Last modified on 2022-06-16 17:57:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts