देशभर १४ जना स्वस्थ हुँदा थप १६ जनामा कोरोना संक्रमण पुष्टि  



Download our app to get more features

काठमाडौं, २ असार । देशभर थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार २ सय ६८ कोरोना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ३८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ जना र १ हजार २ सय ३० एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १४ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९५ रहेको छ । 

Last modified on 2022-06-17 09:29:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts