यूकेमा नेपाली नर्स पठाउने द्विपक्षीय सम्झौता अघि बढाउन मन्त्रिपरिषद्को स्वीकृति



Download our app to get more features

काठमाडौं,३ असार । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको  'मस्यौदा'लाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मस्यौदा स्वीकृति भएको बताएका हुन् । 

उक्त मस्यौदामा नेपाल तथा यूके सरकार(सरकारबीच ९जीटूजी० सम्झौताको प्रस्ताव गरिएको छ । गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको  थियो । 

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालले यूकेमा १० हजार नर्सहरू पठाउनका लागि पहल गरिरहेको बताएका थिए । 

Last modified on 2022-06-17 17:15:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts