नेपालमा मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छैन् : स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं,३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि नभएको प्रष्ट पारेको छ ।

बिहीवार विभिन्न सञ्चार माध्यमहरूमा विदेशबाट आएका एकजना युवकमा मङ्कीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको समाचार आएपछि मन्त्रालयले ती व्यक्तिमा केही लक्षण देखिएपनि मङ्किपक्स नभएको बताएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नेपालमा अहिलेसम्म मङ्कीपक्स भाइरस देखिएको भन्ने जानकारी नआएको बताए ।   

डा. अधिकारीले मिल्दोजुल्दो केहि लक्षण देखिएको तर, मङ्कीपक्स नै हो भन्ने पुष्टि नभएको बताए । 

अधिकारी भन्छन्, 'हामीले निगरानी गर्ने क्रममा मिल्दोजुल्दो लक्षण भेटेमा विशेषज्ञ चिकित्सकसँग छलफल गर्न भनेका छौ । तर, अहिलेसम्म मङ्कीपक्स भाइरसको पूर्ण लक्षण भएको बिरामी भेटिएको भन्ने जानकारी आएको छैन् ।' 

त्यस्तै उनले मङ्कीपक्स भाइरस पुष्टि नभइसकेकोले नआतिन तर, सचेत रहन आग्रह गरेका छन् । साथै मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिए सरकारले औपचारिक रूपमा जानकारी गराउने पनि प्रष्ट पारे ।

बिहीवार दुबईबाट हालै नेपाल आएका एक युवकमा मङ्कीपक्स भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको भन्ने समाचार आएको थियो ।

Last modified on 2022-06-17 17:15:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts