स्वास्थ्य मन्त्रालयले भन्यो,मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको युवामा कुष्ठरोग पुष्टि



Download our app to get more features

काठमाडौं,३ जेठ । नेपालमा मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको युवामा कुष्ठरोग पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको युवामा कुष्ठरोग पुष्टि भएको जनाएको हो । 

उक्त युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँचपड्तालको क्रममा विभिन्न ६ ठाउँबाट slit skin smear जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोग  leprosy को जिवाणु भेटिएको मन्त्रालयले बताएको छ । 

त्यस्तै मन्त्रालय मङ्कीपक्स संक्रमणबारे सचेत रहन पनि आग्रह गरेको छ । 


 

Last modified on 2022-06-17 17:15:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts