देशभर ३ हजार ६ सय १० कोरोना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं,३ असार । देशभर थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय १० कोरोना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार २ सय ३४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २४ जना र १ हजार ३ सय ७६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १५ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४ रहेको छ । 

Last modified on 2022-06-21 13:53:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts