५ देखि ११ वर्षका बालबालिकालाई लगाइने कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो



Download our app to get more features

काठमाडौं, ५ असार । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप नेपाल आइपुगेको छ । 

अमेरिकी सहयोगमा आइतवार बिहान २२ लाख ३ हजार २ सय मात्रा फाइजर खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप आपूर्ति शाखाका सुरेन्द्र चौरासियाले हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा २ लाख २० हजार ८ सय भाइल घोलक दुई दिन अगाडि आइपुगेको जानकारी दिए । 

नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिएको हो । 

सरकारले पहिलो चरणमा २७ जिल्लामा अभियान सञ्चालन गर्ने भएको छ । कोभ्याक्स सुविधामार्फत ८४ लाख मात्रा खोप आउने भएको हो । यस अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गतेसम्म दिइने भएको छ । त्यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको चौरसियाले बताए ।

उनका अनुसार बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरण भाद्र २७ देखि असोज १ गतेसम्म सञ्चालन हुने छ । सरकारले ‘पेडियाट्रिक’ फाइजर खोप सञ्चालन गर्न आवश्यक पर्ने सबै तयारी पुरा गरेको छ । 

Last modified on 2022-06-21 13:54:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts