देशभर थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १२ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ५ असार । गत २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार २७ कोरोना परीक्षण गरिएको छ । जसमा १२ सय ५४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १८ जना र ७ सय ७३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप १२ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

गत २४ घन्टामा देशभर ५२ हजार ३ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय १० रहेको छ ।

Last modified on 2022-06-21 13:54:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts