यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मोनल क्लिनिक’ सञ्चालनमा ल्याइने



Download our app to get more features

काठमाडौं, ६ असार । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मोनल क्लिनिक’ सञ्चालनमा ल्याइने भएको छ । 

नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि संविधान प्रदत्त हक संरक्षण गर्न नेपालमा पहिलोपटक आगामी साउनदेखि हर्मोनल क्लिनिक सञ्चालनमा ल्याइने बताएको हो ।

सङ्घका व्यवस्थापक डा.नरेशप्रताप केसीले निःशुल्क रूपमा प्रदान गर्ने ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो क्लिनिकल सेवाभित्र के–कस्ता सेवालाई समावेश गर्ने भन्ने आन्तरिक तयारी तथा आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन भइरहेको छ । 

‘यसबाट विशेषगरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने अनुमान गरिएको छ । 

Last modified on 2022-06-21 13:55:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts