कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २० भन्दा बढी, सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै



Download our app to get more features

काठमाडौं, ६ असार । देशभर दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १८ सय ६२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २० जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २० रहेको छ ।

Last modified on 2022-06-21 13:55:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts